कपिलवस्तु कांग्रेसद्वारा नयाँ संचरनाअनुसार पार्टी संगठनको जिम्मेवारी प्रदान

कपिलवस्तु कांग्रेसद्वारा नयाँ संचरनाअनुसार पार्टी संगठनको जिम्मेवारी प्रदान


■ एस. क्षेत्री, कपिलवस्तु

नेपाली कांग्रेस कपिलवस्तुले नयाँ संचरनाअनुसार पार्टीको संगठन जिम्मेवारी प्रदान गरेको छ । सदरमुकाम तौलिहवामा बसेको पार्टीको जिल्ला कार्य समिति बैठकले संसदीय र प्रदेश स्तरको समिति गठन गरेको पार्टी सचिव महेन्द्र पाठकले बताए ।

संसदीय क्षेत्र नम्बर १ को पार्टी सभापतिमा अब्दुल मन्नान खाँ, २ मा केशवकुमार श्रेष्ठ र ३ मा अकिल मियाँ रहेका छ । यस्तै, क्षेत्र नम्बर १ ‘क’को सभापतिमा शालिकराम चौधरी, ‘ख’मा वलीउद्दीन मुसलमान, २ को ‘क’मा राजेश्वर सिंह र ‘ख’मा गिरीजेश पाण्डे तथा ३ को ‘क’मा जयन्त्री प्रसाद चौधरी र ‘ख’मा विनय गिरी रहेका छन् ।

यसैगरी समितिले भदौ २४ गते देखि पुनः जागरण अभियान संचालन गर्ने निर्णय गरेको पार्टी सहसचिव वीरेन्द्र शुक्लाले बताए । संसदीय क्षेत्र नम्बर १ मा भदौ २१, २ मा २२, र ३ मा २३ गते जागरण अभियान संचालन गरिनेछ । यस्तै द्वन्द्वकालका विभिन्न घटनामा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सत्तारुढ दलले षडयन्त्रपुर्वक फसाउन खोजेकोले त्यसको दबाबस्वरुप विभिन्न सचेतना र दबाबमुलक कार्यक्रम गर्ने समेत निर्णय गरिएको छ ।

पार्टी सभापति सुरेन्द्रराज आचार्यले पार्टी नया संचानाअनुसार गठन भएकोले अब सशक्त रुपमा अघि बढ्ने बताए । उनले पार्टीका सबै नेता र कार्यकर्ताहरुलाई एक ढिक्का भएर अघि बढ्न आग्रह गरे । जिम्मेवारी दिएका पदाधीकारीहरुले आफ्नो क्षेत्रमा पार्टीका गतिविधितथा जनताका समस्या बुझेर समस्या समाधान गर्नुपर्ने बताए ।

यस्तै, समितिले स्वतन्त्र सेनानी स्वर्गीय अब्दुल रंगरेजका छोरा जाबेद रंगरेजलाई २१ हजार ६ सय रुपैयाँ नगदसमेत प्रदान गरेको नेता अनुपकुमार पाण्डेयले बताए ।

लामो समयदेखि जिम्मेवारीहरु दिन नसकेको अवस्थामा जिम्मेवारी पाएपछि पार्टीका कामलाई निरन्तरता र सक्रिय रुपमा काम गर्ने क्षेत्रीय सभापति केशवकुमार श्रेष्ठले बताए ।