नेपालगञ्ज/गत साता पाँचजना उल्फा उग्रवादी नेपाल प्रवेश गरे । तर, सरकारले नेपालको राजधानीमै आएर बसेका उग्रवादीहरूबारे खोज गर्ने कार्य भने गरेको छैन । ललितपुरमा आएर बसेका ती उग्रवादीहरूलाई मुस्लिम आतङ्कवादी सङ्गठन आईएसआईले नेपाल पठाएको बताइन्छ ।
नेपालमा छिटै हुन लागेको स्थानीय निर्वाचनको मुखमा मुस्लिम आतङ्कवादीहरूलाई नेपालमा शरणार्थीका रूपमा पठाउने आतङ्कवादी सङ्गठनहरूले आफ्ना उग्रवादीहरूलाई संरक्षण दिन सरकारलाई आर्थिक सहयोग पुऱ्याएपछि नै आतङ्कवादीहरू नेपाल आउने क्रममा वृद्धि हुन थालेको आशङ्का गरिएको छ ।
गत साता नेपालगञ्जस्थित एक मुस्लिम धर्मशालामा पनि केही कस्मिरी आतङ्कवादी समूहका व्यक्ति आएका थिए । मुस्लिमहरूको बस्ती मानिने एकलइनी बजारस्थित रहेको मुस्लिम धर्मशालामा आएका कस्मिरी मुसलमानहरूले नगरमा चन्दा सङ्कलन कार्य थालेका छन् ।
नेपालगञ्जमा रहेका आतङ्कवादीसमर्थक र उनीहरूका सङ्गठन र संस्थाहरूले आफ्नो संरक्षणमा राखेका ती कस्मिरीको सङ्ख्या ४५ रहेको बताइन्छ । यहाँ आएर रकम सङ्कलनमा लागेका ती व्यक्तिले केही राजनीतिक पार्टीसँग सम्बद्ध मुस्लिमहरूबाट सुरक्षा र संरक्षणको आश्वासन पाएपछि उनीहरूले खुला रूपमा नगरमा चन्दा सङ्कलन कार्य थालेको कुरा जानकारहरूले बनाएका छन् ।
स्थानीय निर्वाचनमा जातिका आधारमा भोट प्राप्त गर्ने कार्यमा संलग्न नेता र राजनीतिक पार्टीहरूले अप्रत्यक्ष रूपमा मुस्लिम आतङ्कवादीहरूमार्फत हिन्दूविरोधी गतिविधि सञ्चालन गर्न÷गराउन उनीहरू यहाँ निम्त्याएका हुन् । र, यो प्रक्रिया जारी छ ।
नगरका कथित राजनीतिक नेता र पार्टीहरूले मुसलमानको मत प्राप्त गर्ने गैरनेपाली मुसलमानहरूलाई नगरिकता दिलाउने प्रयास पनि गरिरहेका छन् ।
तराईका २५ जिल्लामा यसपटक नागरिकता वितरण गरिँदै छ । यही मौका छोपेर नेपालमा गैरमुसलमानहरूलाई ‘हत्या गर’ भन्ने मुस्लिम धर्मग्रन्थ कुरानको प्रचारप्रचार गरिरहेका साम्प्रदायिक शक्तिहरूले आफ्ना समर्थकहरूलाई नागरिकता दिलाउन हरसम्भव प्रयास गरेका छन् । यसै क्रममा बाँकेमा मात्र हजारौँ गैरनेपाली मुस्लिमहरूलाई यहाँ भित्र्र्याइँदै छ ।
यसरी नेपाल आएका मुसलमान समूहका व्यक्तिहरू सरकारको नजिक रहेको सङ्घसङ्गठन र नेताहरूमार्फत नागरिकता प्राप्त गर्ने प्रयासमा लागेका छन् । नागरिकता प्राप्त गर्न आएका गैरनेपाली मुसलमान नागरिकताका लागि नगरका फोटो स्टुडियोहरूमा लाम लाग्ने गरेका छन् ।
नागरिकता वितरण टोली र सोसँग सम्बद्ध निकायका केही कर्मचारीका अनुसार अहिले नागरिकता पाऊँ भन्नेहरूको सङ्ख्या अन्य जातिको तुलनामा मुस्लिम जातिको अत्यधिक रहेको छ ।
(घटना र विचार, २०५४ वैशाख ११ बुधबार)
प्रतिक्रिया