आलोपालो गर्ने कुनै सहमति भएको छैन : कार्यवाहक प्रधानमन्त्री पोखरेल

आलोपालो गर्ने कुनै सहमति भएको छैन : कार्यवाहक प्रधानमन्त्री पोखरेल


कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने कुनै सम्झौता नभएको बताएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले दुुवै अध्यक्षबीच पार्टी एकीकरणका बेला त्यस्तो कुनै सहमति नभएको प्रस्ट पारेका हुन् । पत्रकारसँग कुरा गर्दै कार्यवाहक प्रधानमन्त्री पोखरेलले दुवै अध्यक्षबीच दैनिक भेटघाट र पार्टीका विषयमा छलफल भइरहेको बताए ।

उनले दुुवै पार्टी अलग–अलग पृष्ठभूमिबाट आएका हुुनाले पार्टीभित्र छलफल र बहस हुुनुु सामान्य कुुरा भएकाले यसलाई विवाद भन्न नमिल्ने बताए ।

‘अखबारमा आएका दुुई अध्यक्षबीच विवादसम्बन्धी समाचारमा सत्यता नभएको’ टिप्पणी गर्दै उनले आवश्यकताअनुुसार दुुवै अध्यक्षले पार्टीको कामको जिम्मेवारी लिन सक्ने धारणा व्यक्त गरे ।

रक्षामन्त्री पोखरेलले नेकपा विप्लव समूहले राखेको सर्तको आधारमा वार्ता हुुन नसक्ने स्पष्ट पार्दै शान्तिपूर्ण मूलधारको राजनीतिमा आउनेलाई सदैव स्वागत गर्ने बताए ।

उनले सभामुख कसलाई बनाउने भन्ने सम्बन्धमा पार्टीभित्र कुनै छलफल नभएको प्रस्ट पार्नुभयो ।

rss