चार लाखबराबरको पटाका नष्ट

चार लाखबराबरको पटाका नष्ट


  • हेमशंकर सिंह, राजविराज

अवैध रुपमा भारतीय बजारबाट नेपाल भित्र्याइएका ४ लाख बराबरको पटाका सप्तरी प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा शुक्रबार विहान पत्रकार सम्मेलन गरी पटाका नष्ट गरिएको हो । सीमा क्षेत्रका विभिन्न नाकामा निगरानी बढाएर अवैध रुपमा आयात गरिएको पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए ।

जिल्लाको बोदेबर्साइन, हनुमाननगर–कंकालिनी, तिलाठी कोइलाडी, छिन्नमस्ता, राजविराजलगायतका स्थानवाट पटाका नियन्त्रणमा लिइएको भारतीले बताए ।