‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक

‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक


मुस्ताङमा दुई दशक बिताएका इटालियन नागरिक लुइगी फेइनी र अमेरिकी नागरिक केन्नथ पार्करले ‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ शीर्षकको चित्र पुस्तक प्रकाशनमा ल्याएका छन् ।

जर्मनीको हिरमरले प्रकाशन गरेको सो पुस्तक आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरियो । मुस्ताङमा २० वर्ष बस्दा लुइगीले बसेर प्रत्यक्ष अवलोकन तथा अध्ययन गरी त्यहाँका गुम्बाभित्रका चित्रकला र ल्याण्डस्केप पुस्तकमा समावेश गरिएको जानकारी दिए ।

पुस्तक सार्वजनिक गर्दै उनले पाठकमाझ मुस्ताङमा बिताएका समय स्मरण गर्नुभयो । “नेपालमा धेरै सुन्दर स्थान छन्, तर मलाई मुस्ताङको सौन्दर्यले बढी आकर्षित गऱ्यो ।” पुस्तकमा मुस्ताङको धर्म, संस्कृति, परम्परा र त्यहाँको जनजीवन झल्किने तस्बिर समावेश गरिएको उनको भनाइ छ ।

बज्र बुक्सका प्रमुख विदुर डङ्गोलले मुस्ताङलाई विश्वमा चिनाउन पुस्तक सहयोगी बन्नसक्ने धारणा राखे । पहिलो चरणमा तीन हजारप्रति बजारमा आएको पुस्तकको एकप्रति मूल्य रु १२ हजार तोकिएको छ ।

photo: rss