उपल्लो डोल्पाबाट दुई जर्मन नागरिकको उद्धार

उपल्लो डोल्पाबाट दुई जर्मन नागरिकको उद्धार


डोल्पामा लेक लागेर बिरामी भएका दुई जना जर्मन नागरिकको शनिबार (९ कात्तिक) उद्धार गरिएको छ ।

माथिल्लो डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा पर्ने सुला तथा मुकोट ताल पुगेर लेक लागेका कारण बिरामी भएका दुई जना जर्मन नागरिकलाई शनिबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको हो ।

माथिल्लो डोल्पा अवलोकन गर्न गएका दुबै जना पर्यटक छार्का ताङसोङ गाउँपालिकास्थित मुकोट ताल ताथ सुला ताल भनेर चिनिने तालसम्म पुगेका बेला लेक लागेर बिरामी परेका डोल्पाका प्रजिअ मुकेशकुमार केशरीले जानकारी दिए । उद्धार अनुमति पत्रको फोटोकपी नबुझिने भएकाले उनीहरुको नाम भन्न नसकिएको पनि बताइएको छ ।