स्कारपियोको ठक्करबाट स्कुटरचालकको मृत्यु

स्कारपियोको ठक्करबाट स्कुटरचालकको मृत्यु


पोखरामा सडक दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

पोखरा महानगरपालिका–२७ तालचोकमा मंगलबार साँझ स्कारपियो गाडीको ठक्करबाट स्कुटरचालक लमजुङ बेंसीशहरका २९ वर्षीय नन्दप्रसाद गुरुङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङलाई मणिपाल शिक्षण अस्पताल लगिएकोमा गएराति उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । बा.१ य ८७५ नम्बरको स्कारपियोले गुरुङ सवार ग.१२प ८८०० र अर्को ग.९प ५४८२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेका पोखरा–८ का अजित गुरुङ तथा गाडीचालक पोखरा–का ३१ का कैलाश थापाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।