सुतेकै अवस्थामा पर्यटक भरियाको मृत्यु

सुतेकै अवस्थामा पर्यटक भरियाको मृत्यु


खुम्बु पासङल्हामु गाउँपालिका–४ फेरुचेमा एक पर्यटक भरियाको सुतेकै ठाउँमा ज्यान गएको छ । माप्यदूधकोशी गाउँपालिका–७ वाप्साका ४६ वर्षीय जङ्गबहादुर विश्वकर्माको फेरुचेस्थित हिमालयन होटलमा राति सुतेकै अवस्थामा ज्यान गएको सोलुुखुम्बु प्रहरीले जनाएको छ ।

उनी नाम्चेबाट सगरमाथा बेस क्याम्पतर्फ पर्यटकको भारी बोकेर जाँदै थिए । दुई जना स्पेनिस नागरिकसँगै भरियाका रुपमा गएका उनलाई बुधबार बिहान सुतिरहेको अवस्थामा मृत भेटिएको होटल सञ्चालक पेम्बा शेर्पालई उद्धृत गर्दै राससले जनाएको छ ।

इलाका प्रहरी कार्यलय नाम्चेबाट गएको प्रहरी टोलीले कानूनी प्रक्रिया पूरा गरी शवलाई निकोलनिकी अस्पताल लुक्लामा राखेको र परीक्षणका लागि शव बिहीबार जिल्ला अस्पताल फाप्लु लगिने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रवक्ता प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए । गत मङ्गलबार मात्रै एक बेलायती नागरिकको समेत सोही क्षेत्रमा सुतेकै अवस्थामा मृत्यु भएको थियो ।