रोकी राखेको बसमा आगजनी

रोकी राखेको बसमा आगजनी


अरनिको राजमार्गअन्तर्गत बनेपा नगरपालिका–१२ स्थित साँगा (काभ्रेपलाञ्चोक) मा बुधबार अपराह्न यात्रुवाहक बसमा आगजनी भएको छ । रोकी राखेको बसमा आगजानी भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

बा. ३ ख ८०३४ नंको बसमा आगजनी भएको जानकारी दिँदै प्रहरी निरीक्षक निरञ्जन भट्टराईले केही महीनादेखि यात्रुविहीन अवस्थामा रोकिराखेको बसमा आगजनी भएको बताए ।

आगजनीबाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घटनाबारे छानबिन शुरु गरिएको प्रहरीले जनाएको छ ।

pict:rss