ढुंगाले हानेर श्रीमतीको हत्या

ढुंगाले हानेर श्रीमतीको हत्या


धरान–१५ खोरिया बस्तीमा श्रीमानले ढुंगाले हानेर गएराति श्रीमतीको हत्या गरेका छन् ।

धरान–१५ खोरिया बस्तीका अर्जुन राईले गएराति ८ः०० बजेको समयमा श्रीमती बिना राईलाई खोलाको डिलमा लगेर ढुंगाले हानी हत्या गरेको प्रहरीले जनाएको छ । धरान–५ पानबारी माइती बस्दै आएकी बिना हिजो मात्रै घर आएकी थिइन् ।

एक–अर्कामा विश्वासको वातावरण नबन्दा हत्याको रूप लिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । सूचना पाएपछि घटनालगत्तै प्रहरीले श्रीमतीको हत्या गर्ने श्रीमान अर्जुनलाई गएराति ११ः३० बजे नै सेउतीखोला पुलनजिकबाट नियन्त्रणमा लिएको प्रनाउ न्यौपानेले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको छ ।