कोशी नदीमा हामफालेकी महिलाको सकुशल उद्धार

कोशी नदीमा हामफालेकी महिलाको सकुशल उद्धार


■ हेमशंकर सिंह, राजविराज

कोशी नदीमा हामफालेकी एक महिलाको प्रहरी टोलीले शुक्रबार सकुशल उद्धार गरेको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कोशी ब्यारेजको ५२ नं. ढोकाबाट कोशी नदीमा हामफालेकी खडक नगरपालिका १० बनौली निवासी उमेश चौधरीकी २१ वर्षीया श्रीमती मनिषा चौधरीको प्रहरीले उद्धार गरेको हो ।

इलाका प्रहरी कार्यालय भारदहबाट कोशी नदीको छठ घाट सरसफाईको लागि प्रहरी नायव निरीक्षक मो. साकिर राइनको कमाण्डमा खटिएको प्रहरी टोलीले कोशी नदीमा हामफालेकी चौधरीलाई तत्काल सकुशल उद्धार गरेका थिए ।

चौधरीलाई उद्धार गरी तत्काल उपचारको लागि स्थानीय भारदह अस्पताल पुऱ्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

हाल उनको उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले बताए ।