घाँटी थिचेर आमाको हत्या

घाँटी थिचेर आमाको हत्या


■ नारद कोहार, कपिलवस्तु

कपिलवस्तुमा आफ्नै छोराले आमाको घाँटी च्यापेर हत्या गरेका छन् । कपिलवस्तु नगरपालिका–८ दोहनीका सुरेन्द्र कुर्मीले ५५ वर्षीया आमा फुलमतीको घाँटी च्यापेर हत्या गरेको प्रहरीले जनाएको छ ।

मादकपदार्थ सेवन गरी शनिबार राति कुटपिट गरी घाँटी च्यापेर आमाको हत्या गरेको प्रहरीको भनाई छ । मृतक फुलमतीको शव पोष्टमार्टमका लागि तौलिहवा अस्पतालमा राखिएको छ भने छोरा कुर्मी फरार छन्। उनको खोजी भइरहेको छ।

सगोलमा रहेको खेतमध्ये एक बिघा आफ्नो नाममा दर्ता गरिदिनु पर्ने माग राख्दै सुरेन्द्रले परिवारमा झगडा गर्ने गरेको वडाध्यक्ष शिवकुमार पाण्डेयले बताए। सुरेन्द्र सुस्त मनिस्थितिका रहेको वडाअध्यक्ष पाण्डेयले जानकारी दिए ।