नेपाल नर्सिङ सङ्घको निर्वाचन आगामी पुसमा

नेपाल नर्सिङ सङ्घको निर्वाचन आगामी पुसमा


नर्सहरुको छाता सङ्गठन नेपाल नर्सिङ सङ्घको नयाँ कार्य समितिको निर्वाचन आगामी पुस ९ गते हुने भएको छ । सङ्घको १९औँ कार्यसमितिको निर्वाचन निर्धारित समयभन्दा करिव डेढ वर्ष ढिला गरी हुन लागेको हो ।

आगामी मङ्सिर ९ गतेसम्म सदस्यता दर्ता गर्न सङ्घले समयसीमा निर्धारण गरेको छ । निर्वाचन सम्पन्न गर्न निर्वाचन समितिको संयोजकमा लक्ष्मी राईलाई तोकेको छ । मङ्सिर ९ गतेभित्र आफ्नो सदस्यता दर्ता गर्नेलाई मात्र निर्वाचनमा मताधिकार रहने संयोजक राईले जानकारी दिएकी छन् ।

सङ्घमा हाल करिव १३ हजार नर्स आवद्ध छन् । नेपाल नर्सिङ काउन्सिलमा दर्ता हालसम्म ५५ हजार ५३५ नर्स र ३३ हजार ४६७ अनमी छन् ।