रूखबाट लडेर खत्रीको मृत्यु

रूखबाट लडेर खत्रीको मृत्यु


जाजरकोटको नलगाड नगररपालिका–७ दल्लीका ४२ वर्षीय खम्ब खत्रीको रूखबाट लडेर मृत्यु भएको छ । शनिबार दल्ली प्रहरी चौकी अगाडि रूखमा घाँस काट्दै गर्दा लडेर गम्भीर घाइते भएका खत्रीको उपचारका लागि जाजरकोट सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

दल्लीस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि सदरमुकाम ल्याइएको थियो । गएराति नै उनको उपचार हुन नपाउँदै मृत्यु भएको हो ।