कार दुर्घटना हुँदा अर्घाखाँचीमा तीनको मृत्यु

कार दुर्घटना हुँदा अर्घाखाँचीमा तीनको मृत्यु


सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । गोरुसिंगे–सन्धिखर्क सडकखण्डको नरपानीमा बुधबार बा.१७च ६९१७ नम्बरको कार दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको स्थानीय प्रकाश महत्राले जानकारी दिए । दुर्घटनामा दुईजना घाइते भएका छन् । कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो ।

घटनामा दुई पुरुष एक महिलाको मृत्यु भएको र उनीहरुको पहिचान हुन बाँकी छ । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । घटनास्थलमा स्थानीयवासी र प्रहरीले उद्धार गरिरहेका छन् ।