नक्कली प्रहरी बनेर फिरौती माग्ने चार पक्राउ

नक्कली प्रहरी बनेर फिरौती माग्ने चार पक्राउ


कैलालीमा नक्कली प्रहरी बनेर फिरौती माग गरेको अभियोगमा चारजनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका–८ का अनिल चन्द, प्रदीप गिरी, सन्दीप श्रीवास्तव र भक्तराज जोशीलाई नक्कली प्रहरी बनेर फिरौती माग गरिरहेको अवस्थामा दुई दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले बिहीबार जनाएको छ ।

राति गाउँ धनगढीतर्फ जाँदै गरेका अरुण चौधरी र लक्ष्मण चौधरीलाई उनीहरूले बाटोमा रोकेर हामी प्रहरी हौँ, तिमीहरूसँग लागुऔषध ब्राउनसुगर छ भनी धम्क्याएर अपहरण गरी कुटपिट गर्नुका साथै एक लाख रुपैयाँ नदिएमा लागुऔषध मुद्दा चालाइदिन्छौँ भनी फिरौती माग गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।

पीडित अरुण चौधरी उनीहरूको नियन्त्रणबाट भाग्न सफल भई प्रहरीलाई जानकारी गरेपछि गएको प्रहरी टोलीले ती अभियुक्तलाई नियन्त्रणमा लिएको हो ।
rss