प्रचार सामग्री टाँस्ने चन्द समूहका दुई कार्यकर्ता पक्राउ

प्रचार सामग्री टाँस्ने चन्द समूहका दुई कार्यकर्ता पक्राउ


नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द नेतृत्वको समूहका दुई कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

सो समूहका बर्दिया जिल्ला कमिटी सदस्य बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीका २८ वर्षीय रमेश विक र कार्यकर्ता २७ वर्षीय सञ्जु चौधरीलाई बाँसगढी नगरपालिका–३ भगराचोक र सिजी प्रालिको मूलढोकामा गएराति प्रचार सामग्री टाँस्दै गर्दा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रमुख राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय मोतीपुरका प्रमुख इन्द्रजित सुनारसहितको प्रहरीको गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो । विक र चौधरीबाट ५० थान पर्चा पम्प्लेटसमेत बरामद गरिएको छ ।