ती सारङ्गीदाइ

ती सारङ्गीदाइ


ती सारङ्गीदाइ
हामीभन्दा जागा छन्
गाउँबस्ती पाखा पखेरा
भञ्ज्याङ्ग, देउराली, खोला, खहरेहरु
उनको बारेमा अनविज्ञ छैनन्
रित्तो पेट कराए जसरी
रमरम बज्छ तिनको सारङ्गी
दुःखी आत्मा भक्कानिएर निस्केको आवाज जस्तो
आवाज निस्कन्छ तिनको सारङ्गी रेट्दा
या भनौँ अनि सारङ्गी रुन्छ
तिनको सारङ्गीको आवाज
र दीनदुःखी जनताको आवाज
उस्तै उस्तै हुन्छ
सुन्न जानियो भने
बुझ्ने हृदय भयो भने

  • दिङ्ला, भोजपुर