लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल घुससहित पक्राउ

लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल घुससहित पक्राउ


■ नारद कोहार, कपिलवस्तु

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाललाई घुससहित पक्राउ गरेको छ ।

आयोगले बौद्ध विश्वविद्यालयका लेखापाल रत्नेश्वर तिवारीलाई २५ हजार घुससहित पक्राउ गरेको हो । विश्वविद्यालयका लागि आवश्यक सामग्री खरिद गर्ने क्रममा घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रारसहितका पदाधिकारी कार्यालयमा नभएको मौकामा उनले कार्यकक्षमै घुस लिएको अख्तियारले बताएको छ ।