पंचासे क्षेत्रमा हस्ताक्षर अभियान सञ्चालन

पंचासे क्षेत्रमा हस्ताक्षर अभियान सञ्चालन


मातृभूमिका लागि नेपालीले सञ्चालन गरेको संसारव्यापी करोडौँ हस्ताक्षर अभियानअन्तर्गत कास्की, स्याङ्जा र पर्वतको सिमावर्ती क्षेत्रमा पर्ने धार्मिक एवम् पर्यटकीय स्थल पंचासे क्षेत्रमा बालाचतुदर्शिको दिन पारेर हस्ताक्षर अभियान सञ्चालन गरिएको छ ।

मातृभूमिका लागि नेपालीका केन्द्रीय परिषद सदस्य अर्जुन पौडेलको अगुवाईमा शुरु गरिएको उक्त हस्ताक्षर अभियानको शुभारम्भ पूर्व पर्यटन राज्यमन्त्री महादेव गुरुङले आफ्नो हस्ताक्षरबाट गर्नुभएको हो ।

सो अवसरमा मन्तव्य दिँदै पूर्व राज्यमन्त्री गुरुङले नेपाललाई बैदिक सनातन हिन्दुराष्ट्र बनाउनको लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

पंचासेमा सदबिज छर्नको लागि उपस्थित भएका सम्पूर्ण धर्मालम्बीहरुले सो अवसरमा हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर गरेका थिए । मातृभूमिका लागि नेपालीले बौद्ध, किरात, जैन, शिख, बोन, मैत्रीय तथा नेपालीहरूले परापूर्व कालदेखि मान्दै आएका इस्लामलगायतका धर्म संस्कृति संरक्षण गर्ने ‘बैदिक सनातन हिन्दु राष्ट्रको पुनर्स्थापनाको लागि अगाडि बढ्न सबैलाई आह्वान् गरेको छ ।