दीप प्रज्ज्वलनका साथ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु

दीप प्रज्ज्वलनका साथ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु


■ नारद कोहार, कृष्णनगर

यतिबेला देशभर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । यस अभियानअन्तर्गत कपिलवस्तुको कृष्णनगर नगरपालिकाको गोलघरको चोकमा दीप प्रज्ज्वलन गरिएको छ ।

यो वर्ष लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानको नारा ‘समानताको पुस्ता, बलात्कारविरुद्ध एक्यवद्धता’ भन्ने मूल नाराका साथ मनाइरहेको छ ।

सो कार्यक्रममा कृष्णनगर नगरपालिकाका प्रमुख प्राशासकीय अधिकृत दामोदर भण्डारी, स्वास्थ्य शाखा संयोजक नारायण बन्जाडे, महिला तथा बालबालिका शाखा प्रमुख थुमा माया, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।