छालाको जुत्तासहित पाथीभरामा पौडेल !

छालाको जुत्तासहित पाथीभरामा पौडेल !


धर्मनिरपेक्षताको गीत गाएर कहिल्यै नथाक्ने तनहुँबाट पराजित काङ्ग्रेस नेता रामचन्द्र पौडेलले छालाको जुत्तासहित यस साता पाथीभरा देवीको दर्शन गर्नुभयो । नोबेल मेडिकल कलेजसम्बद्ध सुनिल शर्मा नामक विवादास्पद व्यापारीको प्रायोजनमा रामचन्द्रले सपरिवार देवीको दर्शन गर्नुभएको हो । गत शनिबार (मङ्सिर २८ गते) काठमाडौंबाट विराटनगर पुग्नुभएका पौडेल मङ्सिर २९ गते हेलिकोप्टरमा पाथीभरा जानुभएको थियो ।

आफ्ना छोरा, बुहारी र नातिसहित विराटनगर पुग्नुभएका पौडेललाई त्यहाँबाट हेलिकोप्टरमा पाथीभरा पु¥याउने सम्पूर्ण व्यवस्था सुनिल शर्माले गरेका थिए । पाथीभरा पुगेको रामचन्द्रको टोलीका कसैले पनि देवीको दर्शन गर्ने क्रममा जुत्ता खोलेनन् । अरूहरूको जुत्ता फरक भए पनि रामचन्द्र पौडेलले रातोजस्तो देखिने छालाको जुत्ता लगाउनुभएको थियो, तर उहाँ जुत्तासहित देवीको मूर्ति अघिल्तिर उभिनुभयो र पोज दिएर तस्बिर खिचाउनुभयो ।

त्यहाँका पुजारीहरूले पौडेललाई जुत्तासहित देवीको मूर्तिसम्म पुग्न किन दिए त्यो आश्चर्यको विषय बनेको छ । पाथीभरा देवीको दर्शन गर्नेभन्दा पनि पौडेल पर्यटन वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले पाथीभरा पुगेको बताइएको छ । जुनसुकै उद्देश्यले त्यहाँ गएको भए पनि पौडेलले छालाको जुत्तासहित मूर्ति छोएर देवीको अपमान नगरेको भए हुन्थ्यो भन्ने आमजनताको भनाइ रहेको छ ।

(तस्बिर नेता पौडेलको फेसबुकबाट)