श्रीमती साट्नेहरूको गतिविधि फेरि बढ्यो

श्रीमती साट्नेहरूको गतिविधि फेरि बढ्यो


राजधानी काठमाडौं बाहिरबाट हेर्दा जति सुन्दर र राम्रो देखिन्छ, यसको भित्र–भित्र हुने गतिविधिलाई हेर्दा उति नै विकृत छ । तस्करी, लागूपदार्थको कारोबार, हत्या, भ्रष्टाचार, बलात्कालजस्ता कुराहरू यहाँ सामान्य भइसकेका छन् भने यौनदुराचारका घटनाहरू पनि कम उदेकलाग्दा छैनन् । यौनदुराचारको अत्यन्तै उदेकलाग्दो विकृत परम्पराको बारेमा यस साप्ताहिकले गत वर्ष श्रीमती साटासाट गर्ने क्लब ‘अर्गी’को बारेमा जानकारी गराएको कुरा पाठकहरूलाई अवगत नै छ ।

उल्लिखित समाचार प्रकाशनपश्चात् केही समय श्रीमती साटासाट गरी यौनदुराचार गर्नेहरू होसियार रहन थालेको भए पनि अहिले आएर फेरि उनीहरूको गतिविधिमा तीव्रता आउन थालेको पाइएको छ । पाठकहरूलाई स्मरण भएकै कुरो हो, राजधानीमा विगत एकतीस वर्ष अगाडिदेखि अर्गी नामक श्रीमती विनिमय गरेर यौनसन्तुष्टिको खोजी गर्ने क्लब सक्रिय रहँदै आएको छ । एड्सको महामारीबाट मुलुकलाई कसरी जोगाउने भन्ने विकराल समस्या आइपरेको बेलामा सम्भ्रान्तहरूले गर्ने यस किसिमको लीलाले अझ बढी चुनौती दिएको छ ।

‘अर्गी’ क्लबको गतिविधि पश्चिमी समाजको विकृत यौनपरम्पराको नक्कलको रूपमा देखापरेको देखिन्छ । अर्गी अङ्ग्रेजी शब्द नै हो जसको नेपाली रूपान्तर ‘पागलपनको उत्सव’ भन्ने हुन्छ । त्यही ‘पागलपनको उत्सव’ मनाउन संस्थागत रूपमा ‘अर्गी क्लब’ अस्तित्वमा देखिएको हो । यस क्लबका गतिविधि रातमा मात्र सञ्चालित हुने गरेका छन् । यसको सदस्य बन्न पैसा तिर्नुपर्दैन, विश्वासपात्र व्यक्ति भए पुग्छ । तर, नयाँ मान्छेलाई विभिन्न तरहले जाँचबुझ नगरी राख्दैनन् । सदस्य हुने व्यक्तिचाहिँ विवाहित हुन आवश्यक ठानिन्छ । यसरी सीमित सङ्ख्यामा सदस्य बनाई सञ्चालित अर्गी क्बल गत तीन दशकअगाडि ललितपुरको सानेपास्थित एक प्रसिद्ध भवनमा प्रसिद्धशमशेर राणाबाट शुरु भई सञ्चालन हुने गरेकोमा उनको शेषपछि अधिकांश अभिजात्य परिवारका सदस्यहरू र केही विदेशीहरूको मिलेमतोमा चलिरहेको छ ।

अर्गीका सदस्यहरू आफ्नो विवाहित पति वा पत्नीबाट यौनसन्तुष्टि नलिने चरित्रका हुन्छन् । त्यसकारण हप्तामा कम्तीमा एकदेखि तीनपटकसम्म अर्गी पार्टीको आयोजना गरी अर्गीका सदस्यहरू जम्मा हुन्छन् । सजिलो र सुरक्षाका दृष्टिले एकपटकको अर्गी पार्टीमा सबै सदस्यलाई आमन्त्रण नगरी ६–७ जोडीलाई मात्र आमन्त्राण गरिन्छ । आमन्त्रित जोडीहरूमध्येका कुनै पुरुष यौनउत्तेजनाका दृष्टिले कमजोर छ भन्ने कुराको जानकारी आयोजक सदस्यलाई भएमा उसले आफ्नो विश्वासको मानिस वा मानिसमार्फत अरू कुनै युवकलाई आमन्त्रण गरेर प्रयोग गर्ने गर्दछ । त्यस्तो व्यक्तिलाई स्टड्स भन्दछन् । सहभागी सदस्यहरूका अनुसार यस्तो अर्गी पार्टी जनसुकै बार गर्न सकिने भए तापनि शुक्रबारचाहिँ अनिवार्य मानिएको हुन्छ ।

अर्गी पार्टीको उल्लेख्य पक्षचाहिँ त्यस पार्टीमा हुने गतिविधिहरूलाई मानिन्छ । आयोजक घरमा ड्रेसिङ रुम, एउटै कोठाभरि फैलिएको भीमकाय पलङ, पालैपालो बल्ने रङ्गीबिरङगी बत्तीहरू तथा एकान्त र सुरक्षित वातावरणको साथमा मदिरासहित भोजभतेरको व्यवस्था मिलाइएको हुन्छ । त्यहाँ यौनउत्तेजनाका अत्याधुनिक सामग्रीहरूसमेत राखिएको हुन्छ । खाँदाखाँदै, नाच्दा–नाच्दै, चल्दा–चल्दै र हँसिमजाक गर्दागर्दै एक जोडी (श्रीमान्–श्रीमती) को एक सदस्यले अर्को जोडी (श्रीमान्–श्रीमती) को अर्को विपरीत ध्रुवको सदस्यलाई राजीखुशीले आत्मसमर्पण गरेर यौनक्रीडामा सामेल हुने क्रमसँगसँगै सहभागी जोडीहरूले आ–आफ्नो रोजाइ र इच्छाअनुरूप यौनलीलामा सहभागी हुन उल्लिखित भीमकाय पलङको सामूहिक रूपमा प्रयोग गरिएको हुन्छ । यसरी सबै सहभागीहरू निर्वस्त्र रहेर विभिन्न रंगका बत्तीहरूको इशाराअनुरूप यौनदुराचारमा सम्मिलित भई एउटै कोठाको भीमकाय पलङमा घन्टौँ बिताउँछन् । कसैकसैको त समलिङ्गीहरूका बीचमा समेत यौनक्रीडा चल्ने गर्दछ ।

उल्लिखित गतिविधिहरू ललितपुरको सानेपा, पाटनढोकास्थित कृष्णगल्लीको एउटा घर र मानभवन तथा काठमाडौंको पानीपोखरीस्थित सम्भ्रान्त परिवारमा केन्द्रित रहने गरेका छन् । समाचारसूत्रका अनुसार ललितपुर धोवीघाट ठाडो ढुङ्गामा बस्ने ब्राइन भन्ने एङ्लो इन्डियन अर्गी क्लबका गतिविधि सञ्चालन गर्नेहरूमध्येका एक व्यक्ति हुन् । आफूलाई सधैँ प्रतिष्ठितझैँ राख्न खोज्ने र आफ्ना हरेक कामलाई गुप्त राख्न चाहने उल्लिखित ब्राइनसँग सामान्य सम्पर्क भएकाहरू उनको बाहिरी भद्रता देखेर उनको बारेको तथ्य समाचारलाई पनि पनि झट्ट नपत्याउन सक्छन् ।

समाचार सूत्रका अनुसार कथम्कदाचित् उनका बारेमा कसैले नकारात्मक टिप्पणी गऱ्यो भने तल्लो हदसम्म उत्रेर आक्रमण गर्ने उनको वास्तविक स्वभावलाई चिनेर पनि मान्छेहरूले उनको बारेमा केही टिप्पणी नगर्ने गरेका हुन् । तिनै ब्राइन भन्ने व्यक्ति र ललितपुर मानभवनका मुनी राणाका बीचमा समलैङ्गिक विवाहसमेत भएको छ भन्ने चलेको चर्चा अझै सेलाएको छैन । निज ब्राइनले नेपालका उच्चघरानियाँहरूसँगको सम्पर्कबाट फाइदा उठाएर अर्गी गतिविधिलगायत अनेकौँ गैरकानूनी धन्दा सञ्चालन गर्ने गरेको थाहा पाइएको छ । हामीलाई प्राप्त सूचनाअनुसार उनले ब्राइनविक्रम सिंहको नाममा नेपाली नागरिकताको प्रमाणपत्रसमेत लिइसकेका छन् । ठमेलमा ट्रेकिङ एजेन्सी र मुग्लिङभन्दा केहीपूर्व पृथ्वीराजमार्गको नजिकै ब्रिगान्स नामक रेष्टुराँ एन्ड लज खोलेका ब्राइनले उल्लिखित ठाउँहरूमा पनि आफ्नो धन्दा सञ्चालन गर्ने गरेका छन् ।

त्यस्तै,ललितपुर पाटनढोका कृष्णगल्लीमा बस्ने भारतीय मूलकी युगान्डाकी नागरिक जो इदिअमिनको पालामा भागेर नेपाल आएकी हुन् उनी पनि नेपाल आउनेबित्तिकै अर्गी क्लबको गतिविधिमा सामेल हुनुका साथै अनेकौँ किसिमका गैरकानूनी धन्दामा लागेको पाइएको छ । उनी पनि ठमेलमा ट्रेकिङ एजेन्सी खोलेर बसेकी छिन् । हाम्रो समाचार सूत्रको अर्को जानकारीअनुसार विभिन्न किसिमका गैरकानूनी धन्दामा संलग्न रहँदै आएका ललितपुर पुल्चोकका मंकी अंकलको गतिविधिमा पनि ज्यादै सक्रियता बढेको पाइएको छ । उनले यौन व्यापारका कामबाहेक अश्लील पत्रपत्रिकाको सप्लाईसमेत गर्ने गरेका छन् ।

यसरी हिन्दू परम्परा र संस्कृतिको विरुद्ध एड्सको विस्तारमा सहयोग पुग्ने विकृत यौनपरम्पराका गतिविधिहरू दशकौँदेखि संस्थागत रूपमा सञ्चालन हुँदासमेत यहाँका प्रशासनिक निकायहरू अनभिज्ञ रहेझैँ गर्नु र श्रीमती साटासाटको यौनदुराचारबाट कुसंस्कार बढ्दै जानाले भोलिको नेपालमा कस्ताकस्ता विकृतिहरू बढ्दै जाने हुन् यसै भन्न सकिन्न । यस्ता गतिविधिको नियन्त्रणका लागि श्री ५ को सरकारले समयमै विशेष ध्यान दिनुपर्ने बेला आइसकेको कुरा पर्यवेक्षकहरू औँल्याउँछन् ।

(घटना र विचार साप्ताहिक, २०५३ भदौ ५ गते बुधबार)