दोश्रो राष्ट्रिय उड्बलमा अरविनले बाजी मारे

दोश्रो राष्ट्रिय उड्बलमा अरविनले बाजी मारे


विश्वविद्यालय खेलकुद संघको आयोजनामा दोश्रो राष्ट्रिय खुल्ला उडबल प्रतियोगिता सम्पन्न भएको छ । जावलाखेलको खेल मैदानमा आयोजना भएको एकदिने प्रतियोगिताको उद्घाटन अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघका उपाध्यक्ष तथा ओलम्पियन दीपक विष्टले गरेका थिए ।

प्रतियोगितामा नेपालका सातवटा विश्वविद्यालयका ६७ जना खेलाडीले सहभागिता जनाएका थिए । सो प्रतियोगितामा अरविन कोइरालाले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हात पारेका थिए । त्यस्तै दोश्रो र स्थानमा डेनिस महत र विष्णु पाण्डे रहेका थिए । उनीहरुले क्रमसः नगद १० हजार, ७ हजार र ५ हजार प्राप्त गरेका थिए ।

त्यस्तै प्रतियोगितामा वेष्ट हिट प्रहार गर्दै पहिलो सटमै गोल गर्ने खेलाडी रिसभ खतिवडाले नगद ५ हजार प्राप्त गरेका थिए ।

प्रतियोगिता समापनसंगै माघ १८ गते नै दक्षिण एसियाली विश्वविद्यालय खेलकुद महासंघको तेस्रो कार्यकारि समितिको वैठक काठमाण्डौंमा बसेको थियो । वैठक संघका उपाध्यक्ष डा. अब्दुल करिमको अध्यक्षतामा वसेको थियो ।

उक्त वैठकले आगामी दिनमा दक्षिण एसियामा विश्वविद्यालय स्तरका विभिन्न खेलकुद कार्यक्रम गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।