आईटीएफ जुनियर्स टेनिस सोमबारदेखि

आईटीएफ जुनियर्स टेनिस सोमबारदेखि


नेपाल टेनिस संघको आयोजनामा काठमाडौं आईटीएफ जुनियर्स जे–५, २०२० टेनिस च्याम्पियनसिपको सर्किट १ माघ २० गते सोमबारदेखि हुने भएको छ । उक्त प्रतियोगिता नेपालमा चौथोपटक हुन लागेको हो ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने प्रतियोगितामा ब्वाइज, गर्ल्सतर्फ समान ३२–३२ खेलाडीको सहभागिता रहने टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।

नेपालसहित प्रतियोगितामा भारत, बुल्गेरिया, अमेरिका, थाइल्यान्ड, भियतनाम, केन्या, जर्मनी, मलेसिया, चीन, जापान, फ्रान्स, साइबेरिया, सिंगापुर, अस्ट्रेलिया र हङकङका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । शुक्रबारसम्म चल्ने प्रतियोगितामा ब्वाइज, गर्ल्समा सिंगल्स र डबल्समा खेल हुने छ ।

प्रतियोगिताका लागि शनिबारदेखि क्लालिफाइङ राउन्ड सुरु भइसकेको छ । क्वालिफाइङ राउन्ड आइतबारसम्म चल्ने छ । सर्किट १ पछि पोखरमा सर्किट २ फेब्रुअरी १० देखि १५ तारिखसम्म हुने छ ।