शुरु भयो खतरनाक खेल, राजेन्द्र महतो लुसुक्क दिल्ली जाँदै

शुरु भयो खतरनाक खेल, राजेन्द्र महतो लुसुक्क दिल्ली जाँदै


मधेशकेन्द्रित मानिएको दल राष्ट्रिय जनता पार्टी (राजपा)को अस्तित्व समाप्त गर्ने गृहकार्य निर्णायक चरणमा प्रवेश गरेको छ । मुलुकमा जातीयता र क्षेत्रीयतावादी ‘राजनीति’ कमजोर हुँदै गएपछि असहज महसूस गरिरहेका केही अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरू हाल ‘समाजवादी’ नाममा रहेको समूहमा राजपालाई विलय गराउने योजनाका साथ अघि बढेका छन् ।

नयाँ शक्ति नामको समूह गठन गरेर राजनीति बचाउने प्रयासमा लाग्नुभएका बाबुराम भट्टराई र राजपालाई एकैपटक ‘उपेन्द्र यादवकहाँ मिसाउने’ योजना बनेको भए पनि विभिन्न करणवश राजपा उक्त धु्रवीकरण प्रक्रियामा सामेल हुन सकेको थिएन । अशोक राई, राजेन्द्र श्रेष्ठ, उपेन्द्र यादव र बाबुराम भट्टराईजस्ता राष्ट्रिय एकताविरोधीहरू ‘एक’ भए पनि राजापाको स्वतन्त्र अस्तित्व भएसम्म ‘चुनौती’ यथावत् रहने ठहर नेपालमा चलखेल गरिरहेका अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको भएको बुझिएको छ ।

विदेशी शक्तिकेन्द्रहरू केपीलाई भूमिकाहीन बनाएर प्रचण्डलाई शक्तिशाली बनाउन लागिपरेका छन् । उनीहरूले तत्कालका निम्ति केपी ओलीलाई हटाएर माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने र नेकपाको महाधिवेशनबाट प्रचण्डलाई एकलौटी अध्यक्ष बनाइसकेपछि प्रधानमन्त्री पद पनि प्रचण्डमै सार्ने योजनासहित ‘काम’ शुरु गरेको बुझिएको छ ।

राष्ट्रिय सभा निर्वाचनका क्रममा केपी ओली नेतृत्वको नेकपा र राजपाबीच गठबन्धन भएपछि शक्तिकेन्द्रहरू निकै झस्किएको बताइन्छ । त्यसैले अहिले राजापाको विघटन र समाजवादी भनिएको समूहमा विलयकरण प्रक्रिया अघि बढाउन सम्बद्ध पक्षहरूमाथि तीव्र दबाब पैदा गरिएको छ । जातीयतावादी र क्षेत्रीयतावादीहरूलाई एकै ठाउँमा ल्याउने र नेपाललाई एकपटक फेरि साम्प्रदायिक द्वन्द्वको भुमरीमा फसाउने रणनीतिक चालमुताबिक एकातिर एकताको नाममा राजापाको ‘विघटन’ निम्ति दबाब पैदा गरिएको छ भने अर्कोतिर जातिवादी र क्षेत्रीयतावादविरोधी मानिने केपी शर्मा ओलीलाई पदमुक्त गरी प्रचण्डलाई सर्वेसर्वा बनाउने खेल पनि शुरु गरिएको छ । ज्ञातव्य छ, पहिचानको नाममा जातिवादी र क्षेत्रीयतावादी भावना भड्काएर देशलाई स्थायी द्वन्द्वमा फसाउने योजनाको मतियारका रूपमा प्रचण्डलाई लिइन्छ ।

नेकपाको सर्वेसर्वा प्रचण्डलाई बनाइएको अवस्थामा मात्र विभाजनमुखी राजनीति संरक्षित हुने भएकोले विदेशी शक्तिकेन्द्रहरू केपीलाई भूमिकाहीन बनाएर प्रचण्डलाई शक्तिशाली बनाउन लागिपरेका छन् । उनीहरूले तत्कालका निम्ति केपी ओलीलाई हटाएर माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने र नेकपाको महाधिवेशनबाट प्रचण्डलाई एकलौटी अध्यक्ष बनाइसकेपछि प्रधानमन्त्री पद पनि प्रचण्डमै सार्ने योजनासहित ‘काम’ शुरु गरेको बुझिएको छ । माधवकुमार नेपालको साथबिना तत्काल केपीलाई विस्थापित गर्न सम्भव नहुने भएकोले उहाँलाई प्रधानमन्त्री बनाएर अलमल्याउने र नेकपालाई सम्पूर्ण रूपले प्रचण्डको कब्जामा पार्ने खेल भएको बुझिन्छ ।

केपीलाई पदमुक्त गर्नुअघि राजपालाई उपेन्द्र यादवको समूहमा विलय गराइसक्नुपर्ने भएकोले सो योजनालाई मूर्तरूप दिन राजेन्द्र महतो लुसुक्क दिल्ली जाने भएका छन् । यसै साता दिल्ली जान लागेका महतोले त्यहाँ रहँदा युरोपियन युनियनका दूतहरूसँग मात्र भेटवार्ता गर्ने हुन् या भारतीय अधिकारीहरूसँग पनि उनको वार्तालाप हुने हो सो यकिन भइसकेको छैन । तर, महतो राजपालाई उपेन्द्र यादवको समूहमा विलय गराउने अन्तिम तयारीका साथ दिल्लीबाट फर्कनेचाहिँ निश्चित भएको छ ।