चिन्ता खड्का, वाग्ले, ..ता, जोशी वा गच्छेदारको होइन, चिन्ता राज्यको विश्वसनीयताको मात्रै हो !

चिन्ता खड्का, वाग्ले, ..ता, जोशी वा गच्छेदारको होइन, चिन्ता राज्यको विश्वसनीयताको मात्रै हो !


■ केशवप्रसाद भट्टराई

१. अख्तियारले राम्रो गरेको मानौँ,
निष्पक्ष नै निर्णय गऱ्यो होला !
तर जुन मन्त्रीपरिषदको निर्णयले गरेको निर्णयको आधारमा विजय गच्छेदारविरूद्ध अभियोग लाग्दछ त्यही मन्त्रीपरिषद्को प्रमुख चोखा ?
जुन प्रधानमन्त्रीको सहमतिले र स्वीकृतिले, जुन प्रधानमन्त्रीको अध्यक्षताको मन्त्रीपरिषद्को बैठकले बालुवाटारको जग्गा हिनामिना भयो त्यो प्रधानमन्त्री निर्दोष र र त्यही मन्त्री परिषदको मन्त्रीदोषी ???
यही हो नेपालको न्याय प्रणाली ?

२. अगाडि पनि यस्तै देखियो ।
काङ्ग्रेसका खुमबहादुर खड्का, चिरिन्जीवी वाग्ले, जयप्रकाश गुप्ता, गोविन्दराज जोशीहरूविरूद्ध मात्रै मुद्दा लाग्यो ।
जोशीको मुद्दाको आन्तिम छिनोफानो भैसकेको छैन क्यारे अरू त दोषी नै ठहर भए ।

३. खड्का, वाग्ले, गुप्ता र जोशीहरू निर्दोष नहोलान् ।
नेपालको राज्य व्यवस्थामा शक्तिशाली हैसियतमा पुगेका कुनै पनि व्यक्ति भ्रष्टाचारको सवालमा निर्दोष र स्वच्छ छन् र रहन सक्छन् भन्ने कुरा म मान्न सक्दिनँ ।
खड्का, वाग्ले, गुप्ता र जोशीका बारेमा पनि मेरो मत त्यही हो ।

तर, जुन आधारमा खड्का र गुप्ता दोषी ठहर भएका थिए त्यो आधार पर्याप्त थिएन-

उनीहरूलाई कुनै राजनीतिक र रणनीतिक आधारमा भ्रष्टाचारी ठहर गर्ने उद्देश्यअन्तर्गत मात्रै त्यसो भएको मलाई लाग्दछ ।

४. हिजो देखि आजसम्म पनि सत्तामा रहेका कम्युनिस्टहरू भ्रष्टाचारको सवालमा काङ्ग्रेसीहरू भन्दा एक अङ्गुल पनि पछि छैनन्- बरू हात बित्ताअघि नै होलान् तर मुद्दा र कारवाही ??

५. सवाल कसमाथि कारवाही भयो र कसमाथि भएनमा सीमित हुँदैन ।
सवाल आग्रह र पूर्वाग्रहको पनि होइन ।
सवाल राज्य अङ्गहरूको विश्वसनियता को हो ।
सवाल राज्यको न्याय प्रणालीको विश्वसनीयताको हो ।
र, त्यो अन्ततः राज्यको विश्वसनीयताको सवाल हो ।

६. चिन्ता खड्का, वाग्ले, …ता, जोशी वा गच्छेदारको हुँदै होइन ।
चिन्ता राज्यको विश्वसनीयताको मात्रै हो ।

(भट्टराईको फेसबुकबाट)