आइसीसी विश्वकप क्रिकेट लिग-२ : अमेरिकाविरुद्ध नेपालको सहज जित

आइसीसी विश्वकप क्रिकेट लिग-२ : अमेरिकाविरुद्ध नेपालको सहज जित


आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज बुधबार (२९ माघ) त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकाविरुद्ध सहज जित हासिल गरेको छ । टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकाविरुद्ध जम्मा नेपालले ३६ रनको लक्ष्य पाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले पाँच ओभर दुई बलमा दुई विकेट गुमाएर जित हासिल गरेको हो । यसरी काठमाडौंमा आयोजित एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको छ ।

नेपालले १२ ओभरमै अमेरिकी टिमलाई अलआउट गर्दा अमेरिकाले मात्र ३५ रन बनाउन सकेको थियो । आजको खेलमा नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिएका थिए भने सुशान भारीले ४ विकेट लिए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १५ र पारश खड्काले २० रन बनाए ।

प्रतियोगितामा नेपालले दुई जित र दुई हार व्यहोर्दा ओमानले चार जित हासिल गरेको छ । नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक शृङ्खला आजको खेलसँगै समाप्त भएको छ ।