आजको पञ्चाङ्ग एवम् राशिफल (१८ फागुन २०७६ आइतबार, १ मार्च २०२०)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ फागुन २०७६ आइतबार, १ मार्च २०२०)


■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्रीशाके १९४१ नेपाल सं. ११४० शिशिर ऋतु वि.सं.२०७६ फाल्गुण १८ गते आइतबार तद्अनुसार सन् २०२० मार्च १ तारिख फाल्गुण शुक्ल पक्षको षष्ठी ७ः२३ पर सप्तमी तिथि कृतिका नक्षत्र ऐन्द्र योग ९ः४१ पर वैधृति योग तैतिल करण ७ः२३ पर वणि करण आनन्दादिमा धूम्र योग चन्द्रमा मेष राशिमा ९ः५५ बजेसम्म त्यसपछि बृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय आज बिहान ६ः३० मा भयो र सूर्यास्त साँझ १८ः०४ मा हुनेछ । त्रिपुष्कर योग ।

आजको राशिफल :

मेष – मिठो भोजन मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । आयात–निर्यातसित सम्बन्धित काम बन्नेछ । वार्तामा सफलता भेटिनेछ । मान–सम्मान बढ्नेछ । आयस्रोत बढ्नेछ । उन्नतिमूलक काममा भाग लिनुहुनेछ । आफन्तको सुख मिल्नुको साथै आशा उत्साह बढ्ला । रोकिएको काम बन्नुको साथै लगानी पनि उठ्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । भोगविलासमा रुचि बढ्ला ।

बृष – कार्यव्यापारमा प्रगति होला । दिन शुभ र भाग्यशाली सावित हुनेछ । पारिवारिक सुखशान्ति बढ्नेछ । मान एवं गौरव बढ्नुसंगै वार्तामा पनि सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण हुनेछ । नयाँ दायित्व पाउनुसँगै रहेको दायित्वलाई पूरा गर्नुहुनेछ । चलिरहेको कार्यमा सफल हुनुसंगै नयाँ काममा पनि सफलता पाउनुहुनेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । धन सम्पत्ति बढ्नेछ र साझेदारीसित सम्बन्धित काम पनि बन्नेछ । विजयश्री मिल्नेछ ।

मिथुन – बौद्धिकता, रचनात्मकता, कलात्मकता, गीतसंगीत आदिसित सम्बन्धित काम बन्नेछ । प्रेममा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । हांसविलासमा आकर्षण बढ्नेछ । विजयश्री मिल्नेछ । पदप्रतिष्ठा बढ्नेछ । योजना बनाएर काम गर्नु बेस हुनेछ ।

कर्कट – रसरागमा आकर्षण बढ्नेछ । आयस्रोत बढ्ला । धन सम्पत्ति बढ्ला । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । रोकिएको काम बन्नुका साथै लगानी बढ्ला ।

सिंह – मनोकूलको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । साझेदारीको काम बन्ला । सुख सम्पति मान आनन्द बढ्नेछ । । कर्मयोगी रहनुहुनेछ । सुख समृद्धि बढ्नेछ । मान बर्चश्व बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ । हांसविलासमा आकर्षण बढ्नेछ ।

कन्या – साहसिक कर्ममा रुचि बढ्ला । उन्नति–पदोन्नति होला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आर्थिक कार्य बन्नेछ । मान पुरस्कार मिल्नेछ । विकासको नयाँ संभावना देखापर्ला । आशा उत्साह बढ्ला । ऐश्वर्य बढ्नेछ ।

तुला – शारीरिक र आर्थिक काममा प्रगतिशील रहनुहुनेछ । कला, साहित्य, गीतसंगीत, कलात्मकता, रचनात्मकता आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । प्रेममा प्रगति होला । इष्टमित्र सन्तान सुख बढ्ला । साहसिक कर्ममा प्रवृत्ति बढ्ला । ख्याति फैलिनेछ । नियमकानूनलाई ध्यानमा राख्नुपर्ला । मिठो भोजन खान पाउनुहुनेछ । सार्थक कार्यमा आकर्षण बढाउनु बेस होला ।

वृश्चिक – सुख शान्ति समृद्धि बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । साझेदारीको काम बन्नेछ । उन्नति पदोन्नति हुनेछ ।

धनु – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ अवसर मिल्नेछ । आशा उत्साह बढ्नेछ । मिठो भोजन मिल्नेछ । भोगविलामा प्रवृत्ति होला । दूरदेशबाट शुभ समाचार मिल्नेछ ।

मकर – आरोग्यता बढ्ला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । आर्थिक काममा सफलता । वार्तामा सफलता मिल्नेछ । सभा–समारोहमा मान पुरस्कार मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । सन्तान सुख मिल्नेछ । मित्रलाभ होला । दायित्वलाई पूरा गर्नुहुनेछ । मनोकूलको काम बनेर मन प्रसन्न भैजानेछ ।

कुम्भ – कुनै पनि प्रकारको महत्वपूर्ण काम बन्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मित्र सन्तान प्रेमपात्रको साथ मिल्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागमा रुचि बढ्ला । स्वास्थ्यमा सुधार होला । सुख समृद्धि बढ्नेछ । यात्रामा भाग्योदय हुनेछ ।

मीन – बढी प्रयास र परिश्रमले सफलता प्राप्त होला । जोखिममा नपर्नु हितकर रहला । शुभता बढ्नेछ । समस्याको समाधान मिल्नेछ । अरुको भरमा नबसी आफ्नै बल विवेकले काम गर्नु हितकर होला । सुख समृद्धि बढ्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता मिल्नेछ ।