संसदमा देउवाको आपत्ति- ‘हामी’भित्र को-को पर्छन् ? जवाफ चाहियो

संसदमा देउवाको आपत्ति- ‘हामी’भित्र को-को पर्छन् ? जवाफ चाहियो


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा भएको ७० करोड रुपैयाँको बार्गेनिङसम्बन्धी छानबिनमा भएको ढिलाइप्रति आपत्ति जनाएका छन् ।

देउवाले आइतबार प्रतिनिधिसभाको बैठकमा निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा अडियो प्रकरणलाई छानबिन नगरेर आलटाल गर्न खोजिएको भन्दै आपत्ति जनाएका हुन् ।

अडियोमा हामीलाई कति आउँछ भनेर भनेकोमा हामीभित्र को–को पर्दछन् प्रस्ट पार्न देउवाले माग गरे । उनले भने, ‘बाँस्कोटाले अडियोमा हामी भनेर कसलाई भनेका हुन् ? हामीभित्र को–को पर्दछन् ? प्रस्ट पार्नुस् ।’

उनले अडियोलाई प्रधानमन्त्री ओलीले नक्कली भनेकोप्रति रोष प्रकट गरे ।