देउवाले दिए थप सात नेतालाई विभागीय जिम्मेवारी

देउवाले दिए थप सात नेतालाई विभागीय जिम्मेवारी


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (१९ फागुन) थप सात नेतालाई विभिन्न विभागीय जिम्‍मेवारी दिएका छन् ।

कांग्रेस केन्द्रिय कार्यालयले जनाएअनुसार कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभाग प्रमुखको जिम्मेवारी एनपी साउदलाई दिइएको छ भने राज्य प्रशासन विभाग प्रमुखमा केशवकुमार बुढाथोकी छानिएका छन् । यस्तै वन, वातावरण तथा विपत व्यवस्थापन विभाग प्रमुखमा अम्बिका बस्नेत, महिला विभाग प्रमुखमा ईश्वरी न्यौपाने, खेलकूद विभाग प्रमुखमा मोहनबहादुर बस्नेत, निर्माण व्यवसायी समन्वय विभाग प्रमुखमा बीरबहादुर बलायर र शिक्षा विभाग प्रमुखमा हरिप्रसाद नेपाललाई तोकिएको छ ।

पार्टीको विधान २०१७ (संशोधनसहित)को धारा ३७ (१) (ग) बमोजिम केन्द्रीय कार्यसमितिका उल्लिखित विभागहरु गठन गरिएको जनाइएको छ ।

ज्ञातव्य छ, महाधिवेशन घोषणा भएपछि यसरी विभागहरु गठन गर्नु अवैधानिक भन्दै रामचन्द्र पौडेल समूहले सभापति देउवाप्रति असन्तुष्टि जनाएको छ ।