सभामुख–भारतीय राजदूत भेटवार्ता

सभामुख–भारतीय राजदूत भेटवार्ता


सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले मंगलबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७३ वर्ष पूरा भएको स्मरण गर्दै दुई देशबीच सरकार, संसद् र जनस्तरसम्म सम्बन्ध रहेको बताए ।

नेपालमा ०७२ वैशाखमा विनाशकारी भूकम्पपछि उद्धार, राहत एवं पुनर्निर्माणमा भारतले गरेको सहयोगका लागि धन्यवाद दिँदै उनले दुुई देशबीच पछिल्लो समय दूरगामी महत्वका सम्झौता भएकामा खुसी व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ । भेटमा सभामुख सापकोटाले दुुवै देशमा बलियो र स्थायी सरकार रहेकाले सम्बन्ध थप विस्तारका लागि विरलै प्राप्त हुने अवसर रहेको उल्लेख गरे ।

सो अवसरमा राजदूत क्वात्राले सापकोटालाई सभामुखमा निर्वाचित भएकोमा बधाई दिँदै कार्यकाल सफलताको शुुभकामनासहित दुुई देशबीच बृहत र गहिरो सम्बन्ध रहेको तथा आगामी दिनमा यो सम्बन्ध अझ विस्तार हुँदै जाने विश्वास व्यक्त गरे ।
rss