धनुषामा अत्यधिक मदिरा सेवनबाट ६ को मृत्यु

धनुषामा अत्यधिक मदिरा सेवनबाट ६ को मृत्यु


अत्यधिक मदिरा सेवनका कारण धनुषामा ६ जनाको मृत्यु भएको छ । होली वर्षका दिन अत्यधिक मदिरा सेवन गर्दा उनीहरूको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार क्षिरेश्वरनाथ नगरपालिका– २ रमदैयाका पाँच र औरही गाउँपालिका– २ परवाहा एकजनाको मृत्यु भएको । रक्सी सेवनबाट मृत्यु हुनेमा रमदैयाका राजु महरा, रामनारायण महरा, गुदरी महरा, विलास मण्डल, ब्रह्मदेव यादव छन् भने औरहीको परवाहाका गिरिजानन्द झा रहेका छन् ।