कोरोना भाइरसको आशंकामा अर्घाखाँचीबाट दुई जनालाई बुटवल रिफर गरियो

कोरोना भाइरसको आशंकामा अर्घाखाँचीबाट दुई जनालाई बुटवल रिफर गरियो


■ मुक्तिनाथ भुसाल, अर्घाखाँची

कोरोना भाइरसको लक्षण देखिएपछि अर्घाखाँचीका दुई जनालाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल रिफर गरिएको छ । मालारानी गाउँपालिका खनका १९ वर्षीय एक युवक र शीतगंगा नगरपालिकाको सितापुर निवासी २४ वर्षीय युवालाई मंगलबार (११ चैत) अस्पताल रिफर गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताउनुभयो ।

करिव पाँच दिनअघि भारतबाट आएका उनीहरु दुवै जना गाउँमा बिमार परेका थिए । कोरोना भाइरसको त्रास बढिरहेका बेला मिल्दोजुल्दो लक्षण देखिएपछि जाँचका लागि बुटवल रिफर गरिएको गौतमको भनाई छ । उनीहरुसँग सम्पर्कमा रहेका अन्यलाई पनि चेकजाँच गर्न र सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको चिकित्सक गौतमले बताए ।