इन्डोनेसियन प्रहरीे टोलीद्वारा नेपाल प्रहरीका कार्यालयहरूको अवलोकन

इन्डोनेसियन प्रहरीे टोलीद्वारा नेपाल प्रहरीका कार्यालयहरूको अवलोकन


इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आइजीपी कृष्ण मुर्तीसहितको ६ सदस्यीय टोलीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनको अवलोकन भ्रमण गरेको छ ।

भम्रणको क्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका निमित्त कार्यकारी निर्देशक प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी र आइजीपी कृष्णमुर्तीबीच शिष्टाचार भेटघाट भएको थियो । आइजीपी कृष्ण मुर्तीसमेतको टोलीले प्रतिष्ठानस्थित क्राइम सिन ट्रेनिङ ल्यावको समेत अवलोकन गरेको थियो ।

सो अवसरमा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दिपशम्शेर राणाले उक्त प्रतिष्ठानको परिचय, नेपाल प्रहरीमा नयाँ भर्ना नीति एवम् प्रकृया, तालिम पाठ्यक्रम विकास र प्रक्रिया, तालिमसम्बन्धी गतिविधि, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता र योगदान लगायतका विषयमा प्रस्तुतीकरण दिएका थिए ।

यसैगरी, आइजीपी कृष्ण मुर्तीसहितको टोलीले नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनको भ्रमणको क्रममा युज अफ फोर्स एण्ड होस्टेज रेस्क्यू सम्बन्धी डेमो प्रदर्शनको अवलोकन गरेको छ । उक्त अवसरमा कार्यदलमा आयोजित कार्यक्रममा प्रहरी निरीक्षक समुन्नत अधिकारीले कार्यदलको सांगठनिक परिचय, काम, कर्तव्य, तालिम गतिविधि सम्बन्धी जानकारी दिएका थिए ।
आइजीपी कृष्ण मुर्तीसमेतको टोली ५ दिने भ्रमणका सिलसिलामा मंगलबार नेपाल आएको हो ।