■ विकास रौनियार
धादिङ जिल्लाको विभिन्न स्थानमा तयार गरिएका क्वारेन्टाइनमा बस्नेहरुको संख्या शुक्रबार (१४ चैत) सम्ममा ४२ जना पुगेको छ ।
जिल्लामा सम्भावित संक्रमण रोक्न भारतलगायत अन्य देशबाट घर फर्केकाहरुलाई क्वारेन्टाइनमा बस्न सरकारले आव्हान गरेसँगै धादिङमा क्वारेन्टाइनमा बस्नेको संख्या ४२ पुगेको हो ।
पछिल्लो समय धादिङमा देशबाहिरबाट घर फर्किएकाहरुबाट कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावनालाई ख्याल गर्दै स्थानीय प्रशासनले देशबाहिरबाट घर फर्किएकाहरुलाई क्वारेन्टाइनमा बसिदिन आग्रह गरिरहेको छ ।
प्रतिक्रिया