कोरोना भाइरसको महामारीका कारण विश्वका ठूला र शक्तिसाली मुलुकमा समेत स्वास्थ्य उपकरणको हाहाकार पर्न थालेको छ । यस्तो अभाव केही मात्रामा भए पनि पूर्ति गर्ने प्रयास भारतको एउटा कलेजका विद्यार्थीहरुले गरेका छन् ।
भारतको तामिल नाडु राज्यअन्तर्गत पर्ने कोयंबटुरमा रहेको राथीनाम कलेजका विद्यार्थीहरुको एक टोलीले सस्तो मुल्य पर्ने भेन्टीलेटर बनाउन शुरु गरेका हुन् ।
सरकारी निकायले मान्यता दिएको भेन्टीलेटरका मापदण्ड पूरा गरेको सो भेन्टीलेटरको मूल्य २५ हजारभन्दा कम पर्ने पीटीआईले जनाएको छ ।
उक्त भेन्टीलेटर सरकारी अस्पताल परिक्षण गर्दा उपयुक्त भएको निश्कर्ष निकालिएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएकाले भारतसहित विश्वभरी नै भेन्टीलेटरको माग अत्यधिक रहेको छ ।
विद्यार्थीहरुले बनाएको उक्त भेन्टीलेटरले माग पूर्तिका लागि थोरै भए पनि सहयोग पुग्ने विश्वास गरिएको छ । उनीहरुले यही मार्च २२ तारिखदेखि भेन्टीलेटर निर्माण गर्न थालेको सम्बन्धित कलेजद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया