इटालीले थप्यो २१ दिन लकडाउन

इटालीले थप्यो २१ दिन लकडाउन


कोरोना भाइरसको महामारीबाट आक्रान्त बनेको इटालीमा लकडाउनको समय आगामी मे ३ सम्मका लागि लम्ब्याइएको छ । इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले मुलुकमा जारी रहेको लकडाउनको समय मे ३ सम्मका लागि बढाउने निर्णय गरेका हुन् ।

पछिल्लो पटक यो लकडाउनको समय १३ अप्रिलसम्म लम्ब्याउने निर्णय गरिएको थियो । अझै पनि इटालीमा कोभिड–१९ को महामारी नरोकिएको कारण यसलाई थप २१ दिन बढाएर मे ३ सम्म लम्ब्याउने निर्णय गरिएको बताइएको छ ।

इटालीमा लकडाउनले संक्रमित र मृत्यु हुनेको संख्यामा पनि असर देखिन थालेको छ । शुक्रबार सार्वजनिक गरिएको तथ्यांक अनुसार इटालीमा पछिल्लो २४ घण्टामा पाँच सय ७० जना मानिसको भाइरसको कारण मृत्यु भएको थियो । बीबीसीका अनुसार यो पछिल्लो एक सातायताकै कम हो ।

तर, इटाली विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेमा सबैभन्दा ज्यादा प्रभावित मुलुक हो । अहिलेसम्म यो मुलुकमा १८ हजार आठ सय ४९ जना मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ ।