विश्वभर ‘कोभिड–१९’को महामारीमा परेर ज्यान गुमाउने मानिसको सङ्ख्या एक लाख नाघेको छ । जोन हपकिन्स युनभर्सिटीले जनाएअनुसार आजसम्म कोरोना भाइरसको सङ्क्रमणका कारण १ लाख २ हजार २६ जनाको मृत्यु भएको छ भने १६ लाख ८१ हजार ९ सय ६६ जना सङ्क्रमित बन्न पुगेका छन् ।
मृतक सङ्ख्यामा अमेरिका इटालीभन्दा अगाडि हुन पुगेको छ । अमेरिकामा २० हजार भन्दा बढिले ज्यान गुमाएका छन् भने इटालीमा १९ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ । सङ्क्रमित व्यक्ति पनि अमेरिकामै सबभन्दा धेरै छन् । त्यहाँ पाँच लाख भन्दा धेरैमा कोरोना सङ्क्रमण देखिएको छ ।
फ्रान्समा पछिल्लो २४ घण्टामा हजार जनाको कोरोनाकै कारण मृत्यु भएको छ भने हालसम्म १३ हजार जनाले ज्यान गुमाएका छन् ।
यस्तै छिमेकी भारतमा पनि सङ्क्रमितको सङ्ख्या बढेर ७ हजार ४ सय ४७ पुगेको छ भने मृतक सङ्ख्या २ सय ३९ रहेको छ ।
प्रतिक्रिया