अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या विश्वभरकै एक तिहाई !

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या विश्वभरकै एक तिहाई !


कोरोना भाइरसको महामारीमा परेर विश्वभर हालसम्म ६५ हजार २ सय २९ जनाको ज्यान गएको छ । यसक्रममा सङ्क्रमित हुनेको सङ्ख्या २३ लाख ९४ हजार २ सय ९१ पुगेको जोन हपकिन्स युनभर्सिटीले जनाएको छ ।

पछिल्लो समय मध्यपूर्वमा कोरोना भाइरसको ‘हट–स्पट’ बनेर टर्की देखापरेको छ ।कोरोना सङ्क्रमणको मामलामा टर्की इरानभन्दा अघि बढेको छ । यहाँ मृतकको सङ्ख्या दुई हजार नाघेको छ ।

उता अमेरिकामा लकडाउन अन्त्य गर्न विभिन्न शहरमा मानिस सडक–प्रदर्शनमा उत्रिएका छन् । बन्द कारोबार खोल्न सरकारसँग प्रदर्शनकारीको माग रहेको बताइएको छ । आइतबार (१९ अप्रिल) सम्ममा अमेरिकामा मृतकको सङ्ख्या ४० हजार नाघिसकेको छ । सिङ्गै विश्वमा मरेकाहरूमध्ये यो सङ्ख्या झण्डै एक तिहाई हुन आउँछ । अमेरिकामा मात्रै ७ लाख ६० हजार व्यक्ति सङ्क्रमित हुन पुगेका छन् ।

यता भारतमा कोभिड–१९ का कारण मृत्यु हुनेको सङ्ख्या ५ सय १९ पुगेको छ भने १६ हजार १ सय १६ जना सङ्क्रिमत भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।