कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १ लाख ७० हजार

कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १ लाख ७० हजार


कोरोना भाइरसको महामारीका कारण मंगलबार (२१ अप्रिल) बिहानसम्म विश्वभर मृत्यु हुनेको सङ्ख्या करिव १ लाख ७० हजार पुगेको छ । २४ लाख ७२ हजार व्यक्ति सङ्क्रमित बनेका छन् ।

जोन हपकिन्स युनभर्सिटीले जनाएअनुसार अमेरिकामा कोरोना सङ्क्रमित सङ्ख्या करिव ७ लाख ८५ हजार र मृतकको सङ्ख्या ४२ हजार १ सय ३८ रहेको छ ।

यस्तै भारतमा पनि सङ्क्रमण दर बढदो छ । हालसम्म १८ हजार ६ सय एक सङ्क्रमित बनेका र ५ सय ९० जनाको कोरोनाका कारण भारतमा मृत्यु भइसकेको छ । भारतमा ३ हजार २ सय ५१ जना उपचारपछि स्वस्थ भई घर पनि फर्किसकेका छन् ।

कोरोना भाइरसको महामारीकै कारण इतिहासमै पहिलो पटक कच्चा तेलको मूल्य जीरोबाट झरेर माइनसमा पुगेको छ । तेल उत्पादकहरूले खरिदकर्तालाई तेलसँगै पैसासमेत अफर गर्नुपरेको रोचक परिस्थिति यतिबेला पैदा भएको छ । तेल भण्डारणको समस्या निम्तिने भएपछि यसरी ‘पुस सेल’ गर्नुपरेको बताइएको छ ।