अध्यादेशले अस्थिरताको मार्ग प्रशस्त गरेको काङ्ग्रेसको ठहर

अध्यादेशले अस्थिरताको मार्ग प्रशस्त गरेको काङ्ग्रेसको ठहर


प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले संविधानको मर्म र भावनाविपरीत अधिनायकवादी सोचका साथ अध्यादेश ल्याएको र यो देशका लागि अशुभ सङ्केतको रूपमा लिनुपर्ने भन्दै अध्यादेशको भत्सर्ना र खेद प्रकट गरेको छ ।

काङ्ग्रेसको आज मंगलबार (९ वैशाख) सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको पदाधिकारी बैठकपछि विज्ञप्ति जारी गर्दै काङ्ग्रेसले वर्तमान कम्युनिष्ट सरकारले लोकतान्त्रिक संविधानलाई असफल तुल्याउने षडयन्त्र गरेको आरोप लगाएको छ ।

सबै दलहरूले एकबद्ध भएर यस कदमको प्रतिवाद गर्नुपर्ने धारणा राख्दै काङ्ग्रेसले अध्यादेश फिर्ता लिन माग गरेको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘संविधान निर्माण गरिँदा स्थिरताको परिकल्पना गरेर केही विषेश प्रावधान राखिएका थिए, तर राजनीतिक दलसम्बन्धी व्यवस्थाको अध्यादेशले त्यो मर्मलाई समाप्त गरेर अस्थिरताको लागि मार्ग प्रशस्त गरेको छ ।’