■ रमेश श्रेष्ठ
जन्मिएँ यस देवभूमिको हिमाली काखमा
हुर्किएँ पहाडी गरा र तराईको मैदानी फाँटमा
गृष्मको गर्मीमा मिल्छ हिमाली शीतलता
शिशिरको ठण्डीमा पाउँछु तराईको उष्णता
दौडेँ खेलेँ बालवय जन्मभूमिको खेत–पाखामा
ढिँडो–पिठो ब्यञ्जन मिठो आमाको नै साथमा
डोको गाग्री बोकी घरधन्दादेखि रमाउँदै रनवन
के बयान गरुँ तिम्रो ममताको हे आमा तिमी नै भन
तिम्रो सुन्दरतामा आज कसले पाऱ्यो यो खडेरी ?
बेमौसमी आँधी–हुरी महामारी किन–कसरी ?
तिमीमाथि यो बक्र-नजर आज कसको किन ?
आमामाथिको यो अन्याय सकिन्न कवै सहन !
तिम्रो ऋण–भार तिर्ने बेला पो अब आयो कि ?
जाग्दैछु आमा म त लौ सुनौलो सपना देखी !
प्रतिक्रिया