कोरोना भाइरसबाट विश्वभर २५ लाख ६१ हजार भन्दा ज्यादा मानिस सङ्क्रमित हुन पुगेका छन् । अहिलेसम्म यसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ७७ हजार नाघिसकेको छ ।
अमेरिकामा मात्रै आठ लाख भन्दा धेरै सङ्क्रमित र ४५ हजारको मृत्यु भएको छ भने सङ्क्रमित हुने क्रम जारी नै रहेको बताइएको छ ।
यस्तै, इटालीमा सङ्क्रमित सङ्ख्या ८३ हजार पार गर्दै गर्दा मृतक २४ हजार ६ सय ४८ पुगेका छन् भने स्पेन र फ्रान्समा पनि मृतक सङ्ख्या २०–२० हजार भन्दा बढि भइसकेको छ । तर इटाली फ्रान्स दुवै मुलुकमा सङ्क्रमित हुने दरमा कमी आएको पाइएको छ ।
भारतमा ज्यान गुमाउनेको सङ्ख्या ६०३ र सङ्क्रमित हुने करिव १९ हजार पुगेका छन् । भारतको परिवार एवम् स्वास्थ्य कल्याण मन्त्रालयले हालसम्म ३ हजार ८ सय ६९ व्यक्ति उपचारपछि ठिक भएर घर फर्किएका छन् ।
प्रतिक्रिया