अध्यादेश र कोरोनाबारे छलफल गर्न कांग्रेस बोलायो केन्द्रीय समिति बैठक

अध्यादेश र कोरोनाबारे छलफल गर्न कांग्रेस बोलायो केन्द्रीय समिति बैठक


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही वैशाख १७ गते बुधबार दिउँसोे १ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सरकारले गत सोमबार जारी गरेको अध्यादेश र कोरोना भाइरस सङ्क्रमण रोकथामका सम्बन्धमा भएका कार्य तथा पार्टीले गर्न सक्ने योगदानका बारेमा छलफल हुने बताइएको छ ।

ज्ञातव्य छ, यसअघि गत मङ्गलबार (९ वैशाख) सोही विषयमा छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाको निवासमा कांग्रेस पदाधिकारी बैठक बसेको थियो । काङ्ग्रेसका केही युवा नेताहरूले हिजो बुधबार सरकारले ल्याएको अध्यादेश फिर्ता गर्न माग गर्नुका साथै यथासक्य यस विषयमा छलफल गरी आगामी योजना निर्माण गर्नका लागि पार्टीको केन्द्रिय समिति बैठक बोलाउन आग्रह गरेका थिए ।