‘जनता समाजवादी पार्टी’लाई देउवाद्वारा शुभकामना

‘जनता समाजवादी पार्टी’लाई देउवाद्वारा शुभकामना


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्मा प्रतिनिधित्व गरेका दुई राजनीतिक दल ‘समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी नेपाल’ बीच एकता भएर ‘जनता समाजवादी पार्टी’ बनेकोमा खुशी व्यक्त गरेका छन् ।

बिहीबार एक वक्तव्यमार्फत ती दुई पार्टीको एकीकरणले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलार्ई मजबुत बनाउन मद्दत पुग्ने विश्वास उनले व्यक्त गरेका छन् ।

सभापति देउवाले नवगठित ‘जनता समाजवादी पार्टी’ का नेतृत्व तथा सो पार्टीसँग आबद्ध सबैमा कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट बधाई एवं शुभकामना व्यक्त गरेका छन् ।

ज्ञात रहोस्, उल्लिखित दुवै दलले बुधबार राति पार्टी एकताको सहमति गरी बिहीबार (११ वैशाख) निर्वाचन आयोग र सङ्घीय संसद् सचिवालयमा जानकारी गराएका छन् ।