कोभिड–१९ सङ्क्रमण फैलिने क्रमसँगै रूसी नागरिकहरूले सामानहरूको दैनिक उपभोग दरलाई झण्डै ९० प्रतिशतले कटौती गरेका छन् । रूसी संस्था ‘ग्यालप इन्टनेशनल एसोसिएसन’ अन्तर्गतका ‘वोस्टन कन्सल्टिङ ग्रुप’ र ‘रोमिर’ले रूसी नागरिकहरूसँग गरेको सोधखोजका क्रममा नागरिकहरूले यस्तो प्रतिवद्धता व्यक्त गरेका पाइएको हो ।
बिहीबार (२३ अप्रिल) सार्वजनिक सर्वेक्षण प्रतिवेदनलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार सङ्कटका समय कम्तीमा आगामी ६ महिना खर्चलाई कटौती गर्ने र आफ्नो खर्च योजनाको करिब २० प्रतिशत खाद्यान्न र ३७ प्रतिशत लत्ताकपडाबाट बचत गर्ने रुसी नागरिकको प्रतिबद्धता छ ।
सर्वेक्षणमा सहभागी ५१ प्रतिशत अर्थात ६१२ जना उत्तरदाताले आफ्नो खाली समयलाई आगामी ६ महिनासम्म कटौती गर्ने, २५ प्रतिशतले गरगहनामा, २९ प्रतिशतले अत्तर, ३४ प्रतिशतले फर्निचर र ३७ प्रतिशतले विद्युतीय तथा अन्य घरयासी सामानमा गरिने खर्चलाई कटौती गर्ने बताएका उल्लेख छ ।
औसतमा ४७ प्रतिशतले सार्वजनिक यातायात, २९ प्रतिशतले ट्याक्सी खर्च र ५६ प्रतिशतले निजी सवारी साधन कार तथा मोटरसाइकललाई आलोपालोमा चलाएर ५६ खर्चलाई कटौती गर्ने बताएका छन् ।
खर्च कटौती, सामानको व्यक्तिगत सञ्चिति र सामानको मागसँगै बढ्नसक्ने मुल्यको सावधानीका साथ व्यवस्थापन गर्नु व्याप्त आर्थिक सङ्कटका समय व्यक्ति, सामाज र तथा प्रशासनको चुनौती भएको प्रतिक्रिया आएको रोमिरका अध्यक्ष एन्ड्रेइ मिल्योन्किनले बताएका छन् ।
कोभिड–१९ सङ्क्रमणसँगै रूसमा विभिन्न एक हजार २०० सहभागीलाई ४० भन्दा बढी उत्पादन र सेवाका बारेमा गरिएका प्रश्नका आधारमा उक्त अध्ययन गरिएको बताइएको छ ।
प्रतिक्रिया