अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोन उन गम्भीर रूपमा अस्वस्थ भएको विवरणहरु ‘सही नभएको’ अभिव्यक्ति दिएका छन् ।
किम गम्भीर बिरामी भएको समाचार असत्य भएको दाबी गर्दै उनले भनेका छन्– ‘उहाँ विरामी भएको सूचना विभिन्न माध्यमबाट मैले पाएँ, मलाई लाग्छ उहाँ बिरामी भएका विवरण अरु असत्य हुन्’, कोभिड–१९ बारे नियमित सञ्चारकर्मीसँगको एक कुराकानीका सन्दर्भमा सोधिएको प्रश्नमा ट्रम्पले भने– ‘मलाई लाग्छ किमको स्वास्थ्य अवस्थाबारेको रिपोर्ट सही छैन । मैले सुने अनुसार समाचार सार्वजनिक गर्ने ‘नेटवर्क’ले पूरानो कागजातलाई सूचनाको आधार बनाएको छ ।’
राष्ट्रपति ट्रम्पले उत्तर कोरिया र त्यसका सर्वोच्च नेता किम जोन–उनसँग आफ्नो एकदमै राम्रो सम्वन्ध रहेको स्मरण पनि गरेका एएनआईले जनाएको छ । नेता किम स्वस्थ अवस्थामै रहेको आशा ट्रम्पले व्यक्त गरे ।। उनले यसअघि गत मङ्गलबार किम गम्भीर अस्वस्थ भएको सूचना आएको भन्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।
‘उहाँ सिकिस्त विरामी हुनुभएको छ भन्ने विवरण मलाई प्राप्त भएको छ, अरु हामीलाई केही थाहा छैन, मैले केबल उहाँको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्न सक्दछु,’ ट्रम्पको भनाई छ ।
अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले उत्तर कोरियाका सर्वोच्च नेता किमको खतरापूर्ण शल्यक्रिया गरिएको र सिकिस्त विरामी भएको विवरण दिएपछि राष्ट्रपति ट्रम्पले यस्तो बताएका हुन् ।
नेता किम यही अप्रिल १५ तारिखका दिन आफ्ना हजुरबुवाको जन्मोत्सव कार्यक्रममा पनि अनुपस्थित भएका समाचारहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले दिएका छन् । त्योभन्दा चार दिन अगाडि एउटा सरकारी बैठकमा भने किम देखिएका गुप्तचर निकायहरुको सूचनालाई उद्धृत गर्दै सिएनएनले जनाएको थियो ।
उत्तर कोरियाली सरकारी अधिकारीहरुले भने किम विरामी भएको पुष्टि गरेका छैनन् । उनीहरुले पहिलाभन्दा अहिले कुनै फरक नरहेको दावी गरेका छन् ।
प्रतिक्रिया