उत्तर कोरियाली नेता किम जोङ उन स्वस्थ र जिवीतै रहेका दक्षिण कोरियाका एकजना उच्च सुरक्षा सल्लाहकारले जानकारी दिएका छन् । पछिल्ला केही दिनयता उत्तर कोरियाली नेता किम गम्भीर रुपमा बिरामी रहेको, कतिपयले त उनको निधन नै भइसकेको जस्ता समाचार नै सार्वजनिक गरेको परिवेशबीच ती सैन्य अधिकारीले सो कुरा स्पष्ट गरेका एएफपीले जनाएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका प्रमुख सुरक्षा सल्लाहकार मुन चुन इनले सोमबार (२७ अप्रिल) ुहाम्रो सरकारको सूचना बलियो छ, उहाँ स्वस्थ्य र जिवीतै हुनुहुन्छु भन्ने अभिव्यक्ति सार्वजनिक गरेका छन् । अमेरिकी टेलिभिजन सिएनएनसँगको अन्तर्वार्ताका क्रममा मुन इनले सो बताएका हुन् ।
उत्तर कोरियाली नेता किम त्यहाँको पूर्वी भूभागमा रहेको वानसन रिसोर्टमा अप्रिल १३ देखि बसेको जानकारी दक्षिण कोरियाली सरकारले पाएको जानकरी उनले अन्तरवार्वार्ताको क्रममा सो टिभीलाई बताएका छन् ।
यही अप्रिल १५ मा उत्तर कोरियाको एक महत्वपूर्ण कार्यक्रममा किम जोङको उपस्थिति नदेखिएपछि विभिन्न देशका मिडिया तथा व्यक्तिले उनी गम्भीर बिरामी रहेको वा निधन नै भइसकेको जस्ता समाचार बाहिर ल्याएका थिए ।
त्यसदिन उत्तर कोरियाका संस्थापक तथा किमका हजुरबुबा किम इल सुङको जन्मदिनको अवसरमा उत्तर कोरियामा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । त्यस्तो महत्वपूर्ण अवसरमा किम उपस्थित नभएपछि यस्ता समाचार सार्वजनिक गरिएका थिए ।
गएको सोमबार दक्षिण कोरियाकै एक दैनिक पत्रिकाले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया गरिएको र त्यसपछि उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेको पनि बताएको थियो । पछि सो पत्रिकाले उत्तर कोरियाको गोप्य स्रोतलाई उद्धृत गर्दै उनको स्वास्थ्यमा सुधार हुँदै गएको उल्लेख गरेको थियो ।
अमेरिकी सञ्चारमाध्यम सिएनएनले पनि गुप्तचर निकायको स्रोतलाई उद्धृत गर्दै शल्यक्रियापछि किमको स्वास्थ्य अवस्था अति गम्भीर रहेको बताएको थियो । तर दक्षिण कोरियाका दुई अधिकारीले सो कुराको सोही समयमा खण्डन गरेका थिए ।
उत्तर कोरियाका मामलामा बढ्ता केन्द्रित भएर समाचार पस्किरहने दक्षिण कोरियाको एक अनलाइन पत्रिका डेली एनकेले पनि ज्यादा स्मोकिङ, मोटोपन र आराम नगरी अत्यधिक समय खटिएर काम गर्ने गरेकाले किमको स्वास्थ्यावस्था प्रभावित भएको र मुटूसम्बन्धी उपचार चलिरहेको समाचार सम्प्रेषण गरेको थियो ।
विश्वभर यस्ता हल्ला चले पनि उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले भने किमको स्वास्थ्य अवस्था र उनी कहाँ के अवस्थामा छन भन्ने बारे केही जानकारी दिएको छैन । किम केही समयदेखि सार्वजनिक रुपमा कार्यक्रमहरुमा देखिएका छैनन् ।
pict: AFP
प्रतिक्रिया