‘कोविड-१९’का कारण भारतमा हालसम्म ९ सय ३४ जनाको मृत्यु

‘कोविड-१९’का कारण भारतमा हालसम्म ९ सय ३४ जनाको मृत्यु


भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २९ हजार ४३५ भएको पुगेको छ । बितेको २४ घन्टायता भारतमा एक हजार ५ सय ४३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् भने हालसम्म मृत्यु हुनेको संख्या ९ सय ३४ रहेको एएनआईले जनाएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार भारतभर बितेको २४ घन्टायता मृत्यु हुनेको संख्या ६२ रहेको छ । योसमेत कोरोना संक्रमणबाट ज्यान जानेको संख्या त्यहाँ ९ सय ३४ पुगेको हो ।

भारतमा देखिएका यी संक्रमितहरूमध्ये ६ हजार ८ सय ६८ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ २१ हजार ६३२ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मङ्गलबार (२८ अप्रिल) पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ ।

महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ८ हजार ५९० जना पुगेको उक्त मन्त्रालय बताएको छ । यसैबीच महाराष्ट्रमा ३६९ जनाको निधन भएको छ । संक्रमित मध्ये १ हजार २८२ जना भने निको भएका छन् ।

महाराष्ट्रपछि गुजरात यस भाइरसको संक्रमण दोस्रो स्थानमा रहेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज दिएको जानकारीअनुसार गुजरातमा ३ हजार ५४८ सक्रमित रहेका छन् । संक्रमित मध्ये २९४ जना निको भएका छन् भने १६२ जनाको भने मृत्यु भएको छ ।

दिल्लीमा ३ हजार १०८ मा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित मध्ये ५४ को ज्यान गएको छ । यसैबीच ८७७ जना उपचारपछि घर फर्किएका समाचारमा जनाइएको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

भारतको राजस्थान, ममध्यप्रदेश, तमिलनाडू, उत्तरप्रदेश, केरला राज्यमा उच्च संक्रमित रहेका र कैयौको ज्यान गएको छ । भारतमा संक्रमण बढ्दै गएपछि सरकारले कोरोना भाइरसको संक्रमण रोक्नको बन्दाबन्दी ९लकडाउन० लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ ।

भारत सरकारले २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरिएको थियो ।